पूर्वाधार वाच, काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप घतालले पदबाट राजीनामा दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।
युवा नेता घतालले संघीयता, समानुपातिक समावेशिता र सामाजिक न्यायको सवालमा सदैव सहकार्य हुने समेत बताएका छन् ।
‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य लगायत सबै जिम्मेवारीबाट आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको छु । संघीयता, समानुपातिक समावेशिता र सामाजिक न्यायको सवालमा सदैव सहकार्य हुने नै छ । आजसम्म मलाई पार्टीमा साथ सहयोग गर्ने सबै नेतागण र अन्य साथीहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।,’ उनले राजीनामा पत्रमा भनेका छन् ।
उनले पार्टीको सबै जिम्मेवारीबाट अलग्गिने स्वघोषणा गरेपछि अब कता लाग्छन् भन्नेबारे बताएका छैनन् । उनी २०७९ को निर्वाचनमा जसपा नेपालबाट ओखलढुंगाबाट कोशी प्रदेश सभा सदस्यका उम्मेदवार समेत थिए ।
पछिल्लो समय भने उनी दलित समुदायका मुद्दामा खरो रूपमा आवाज उठाइरहेका पात्र हुन् । जेनजी आन्दोलनपश्चात् घोषणा भएको आगामी फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा उनको राजीनामा आउनुलाई अर्थपूर्ण मानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्