images
images
images

हर्क साम्पाङ नेतृत्वको पार्टीले पायाे दल दर्ताको प्रमाणपत्र

images

पूर्वाधार वाच, काठमाडौंं ।

निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो ।

आयोगका अनुसार जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा १२५ दलको दर्ता कायम छ ।

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले भने, ‘हामीले २८ सदस्यीय कार्यसमिति बनाएका छौँ, हामी देशका लागि काम गरेर देखाउँछौँ । देश र जनताप्रति हामी इमानदार छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्