images
images
images

राजीनामा दिने तयारीमा ऊर्जा, भौतिक तथा शहरी विकास मन्त्री घिसिङ

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले पदबाट राजिनामा दिने तयारी गरेका छन् ।

आसन्न निर्वाचनमा उम्मेदवार बन्न तथा नयाँ दल दर्ताको लागि घिसिङले राजिनामा दिन लागेको विश्वस्त स्रोतको दाबी छ ।

गैरदलीय सरकारमा दलको अध्यक्ष भइसकेको व्यक्ति मन्त्री पदमा रहुन नैतिक संकट हुने भएकाले उनी दल दर्ताका लागि आयोग जानुअघि नै मन्त्री पद छाड्ने तयारीमा रहेका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्व सांसद सुमना श्रेष्ठ, अभियन्ता सागर ढकाललाई समेटेर दल दर्ता गर्नका लागि गृहकार्य समेत गरिरहेका छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको समर्थन समेत कुलमानले खोजिरहेका छन् ।

छिट्टै दल दर्ता गरेर चुनावको तयारीमा लाग्ने गरी कुलमान मन्न्त्री पदबाट राजीनामा दिएर मैदानमा उत्रिने देखिएको छ ।

फागुन २१ गतेका लागि तोकिएको चुनावमा दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको अवधि दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्