पूर्वाधार वाच, काठमाडौं ।
बैंकको ब्याज नतिरेपछि विकोइ बिल्डर्सका सञ्चालक ठेकेदार हुमनाथ कोइराला, उनकी छोरी होलिस्का कोइराला र श्रीमती निर्मला शर्माको नामको रहेको काठमाडौंका विभिन्न स्थानमा अवस्थित घरजग्गा लिलामी हुने भएको छ ।
कर्जा अन्तर्गतको साँवा ब्याज नियमित रूपमा नतिरेको र उक्त कर्जा असुलीका लागि पटक-पटक तर-ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकाले ३५ दिने दिने सूचना निकालेर बैंकले घरजग्गा लिलामीको प्रकृया अघि बढाएको नेपाल बैंक लिमिटेड काठमाडौंले जनाएको छ ।
आगामी मंसिर २२ गतेभित्रमा ठेकेदार कोइरालासहित छोरी होलिस्का र श्रीमती निर्मला तथा व्यक्तिगत जमानीकर्ताहरूलाई सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न अन्तिम मौका रहेको समेत बैंकले एक सार्वजनिक सूचनामार्फत् उल्लेख गरेको छ।
उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा कोइराला परिवारलाई कालोसूचीमा नाम समावेश गर्नका लागि दिइने ३५ दिने सूचनाको म्याद समेत आजकै मितिबाट प्रारम्भ हुनेछ ।
कर्जा सुरक्षणार्थ लेखिदिएको उक्त घरजग्गा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले दिएको अधिकारको प्रयोग गरी बैंक आफैंले लिलाम बिक्री गर्ने बताइएको छ ।
लिलामीका लागि हुमनाम कोइरालाको नाममा मालपोत कार्यालय काठमाडौंमा दर्ता श्रेस्ता कायम रहेको काठमाडौं जिल्ला, साबिक काठमाडौं ५ स्थित कित्ता नम्बर ६३, २४, १६४, १५६, २६० र २६२ को क्षेत्रफल क्रमशः १-१-१-२ रोपनी, ०-६-२-३, रोपनी, ०-४-३-० रोपनी, ०-११-०-० रोपनी, ३९७.३८ वर्गमिटिर र ३०९.९६ वर्गमिटरको जग्गा तथा सो ले चर्चेको सम्पूर्ण लिगलगापतसमेत रहेको बैंकले उल्लेख गरेको छ ।
यस्तै हुमनाथ कोइरालीकी छोरी होलिीस्काको नाममा मालपोत कार्यालय डिल्लीबजारमा दर्ता श्रेस्ता कायम रहेको काठमाडौं जिल्ला, साबिक काठमाडौं ५ स्थित कित्ता नम्बर ६४,६६ र १५१ को क्षेत्रफल क्रमशः ०२३१, १३३०,०२२० रोपनीको घर जग्गा तथा सो ले चर्चेको सम्पूर्ण लिगलगापत समेत रहेको छ ।
भने, होलिस्काकै नाममा रहेको मालपोल कार्यालय कलंकीमा दर्ता स्रेस्ता कायम रहेको काठमाडौं जिल्ला, साबिक थानकोट ४ स्थित कित्ता नम्बर ७९, १२६, १२७ र १०५ को क्षेत्रफल क्रमशः ३-३-०-०, ०-१-३-०, ३-८-०-० रोपनीको जग्गा लिलाम हुँदैछ ।
यत हुमनाथकी श्रीमती निर्मला शर्माको नाममा मालपोत कार्यालय चाबहिलमा दर्ता श्रेस्ता कायम रहेको काठमाडौं जिल्ला, साबिक महांकाल ६ स्थित कि.नं. ९० को क्षेत्रफल ३८४०.७२ वर्गमिटरको जग्ग्गा तथा सोले चर्चेको समपूर्ण लिगलगापत समेत लिलाम गरिने भएको छ ।
कोइराला पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावर निर्माणका ठेकेदार मध्येका एक हुन् । कोइराला र ठेकेदार मनोज भेटवालको संयुक्त लगानी रहेको विकोई बिल्डर्सले काठमाडौंको पुरानो बसपार्कस्थित भ्यूटावर बनाउँदैछ ।
ठेकेदार कोइराला यसअघि ठगी मुद्दामा समेत पक्राउ परेका थिए । उनी विसं. २०८० जेठ ४ गते झापा प्रहरीले पक्राउ गरेका थियो । झापाकै मदन कुमार अधिकारी, गिता अधिकारी पौडेलसहित ८ जना व्यक्तिलाई ठगी गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।
ठेकेदार कोइराला नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा एवं १२औं अधिवेशनमा अध्यक्ष पदका दोबदार समेत थिए ।
विवादित ठेकेदार मनोज भेटवालका साझेदार रहेका ठेकेदार कोइरालाकै योजनामा काठमाडौंको खुल्लामञ्च समेत कब्जा गरिएको चर्चा हुने गरेकाे छ ।
उक्त पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको ठेक्का पाएर निर्माण हुँदै गर्दा खुल्लामञ्चमा सटर बनाएर उनीलगायतकै सेटिङमा बिक्री गरेको खुलेको थियो ।
![]()
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्