images
images
images

रामकुमारी झाँक्रीसहितको समूह एकीकरण प्रक्रियामा सहभागी नहुने

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहितका केही नेताहरुले नेकपा (माओवादी केन्द्र)सहित १० कम्युनिष्ट पार्टीबीच हुने एकता प्रक्रियामा सामेल नहुने बताएकी छन् ।

आज यहाँ पत्रकार सम्मेलन गरी नेत्री झाँक्री र विघटित प्रतिनिधिसभाका सदस्य किसान श्रेष्ठले पार्टीको तर्फबाट एकीकरणका पक्षमा निर्णय भएपनि आफूहरू त्यसमा सहभागी नहुने स्पष्ट गरेकी हुन् ।

एकता र विभाजनका शर्तहरुमा अगाडि जाने गन्तव्यका बारेमा स्पष्ट सोच हुनुपर्ने तथा सिद्धान्त र कार्यक्रम मिल्नेसँग एकता गर्ने नेत्री झाँक्रीले बताइन् ।

यसैगरी नेता किसान श्रेष्ठले नेकपा (एमाले)ले पुरानै घरमा फर्कन अनुरोध गरिरहेको सन्दर्भमा निशर्तरुपमा एमालेमा फर्कन चाहेको बताए । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका नेता पीताम्बर तिमिल्सनालगायत सहभागी थिए ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत दलहरुबीच आज एकता घोषणा हुन लागेको सन्दर्भमा पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्