images
images
images

तामाङ ग्रुप सप्लायर्स–चिसापानीको भव्य उद्घाटन, हार्डवेयरका थोक तथा खुद्रा सेवासहित व्यापार विस्तार

images

पूर्वाधार वाच, काठमाडौं ।

तार्केश्वर नगरपालिका–६, चिसापानीस्थित तामाङ ग्रुप सप्लायर्स चिसापानी को भव्य रूपमा उद्घाटन भएको छ। मङ्सिर ६ गते बिहान ११ बजे आयोजित विशेष समारोहमा वडाध्यक्ष घनश्याम श्रेष्ठ प्रमुख आतिथिको रूपमा सहभागी भए। स्थानीयबासी, ग्राहक, व्यापारी र अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा तामाङ ग्रुप सप्लायर्सले हार्डवेयरसम्बन्धी सामग्रीहरू थोक र खुद्रा दुबै रूपमा उपलब्ध गराउँदै नियमित सेवा संचालनमा आएको घोषणा गर्यो।

उद्घाटन समारोहमा सांस्कृतिक प्रस्तुति

उद्घाटनको अवसरमा चर्चित कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो, जसले वातावरण झनै उत्साहपूर्ण बनायो।

स्थानीयस्तरमै उत्कृष्ट हार्डवेयर सेवा

तामाङ ग्रुप सप्लायर्सले घर निर्माणका लागि आवश्यक सामग्रीहरू, भवन निर्माण सामग्री, कृषि–सम्बन्धी मल्टिअग्रो उत्पादन तथा हार्डवेयरका विस्तृत वस्तुहरू एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखेको छ। संस्थाले “गुणस्तरको वाचा, भरोसाको सम्बन्ध” भन्ने नारासहित ग्राहकहरूलाई भरपर्दो सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।

समुदायमै व्यापार विस्तारको उदाहरण

वडाध्यक्ष श्रेष्ठले उद्घाटन गर्दै स्थानीय स्तरमै उद्यमशीलता र सेवा विस्तार गर्न सक्ने व्यवसायिक समूहले समाजमा रोजगारी र आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे। उनले नगरपालिकाको तर्फबाट सम्भव सबै सहयोग गर्ने आश्वासन पनि दिए। तामाङ ग्रुप सप्लायर्स प्रा.लि. परिवारका प्रतिनिधिहरूले निरन्तरता, पारदर्शी व्यापार, गुणस्तरयुक्त सामान र ग्राहकमैत्री सेवालाई आफूहरूको मुख्य प्राथमिकता रहने उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्