images
images
images

सालपा विकास बैंकको आईपीओ निष्कासन हुँदै

images

पूर्वाधार वाच, काठमाडौं ।

सालपा विकास बैंकले आगामी मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

बैंकले सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरूका लागि आरक्षित गरी सार्वजनिक गर्ने तयारी गरेको हो ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेको छ ।

यसमध्ये ५ प्रतिशत (८६ हजार १९४ कित्ता) सामूहिक लगानी कोषका लागि, ०.५ प्रतिशत (२६ हजार ११९ कित्ता) कर्मचारीका लागि र १० प्रतिशत (१ लाख ७२ हजार ३८८ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

विदेशमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ।
जसको आवेदन सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइनमार्फत दिन सकिनेछ ।

बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित सेयर निष्कासनपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार ७६९ कित्ता सेयर जारी गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्