images
images
images

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

images
पूर्वाधार वाच, काठमाडौं ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ ।
पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् ।
यस्तैमध्येका एक हुनुहुन्छ संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले सुनाए ।
मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन् ।
विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो ।
विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पत्राचार गरेलगत्तै कोषले बार हटाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्