images
images
images

आईएमएफको विस्तारित कर्जा सुविधा अवधि थपियो

images

पूर्वाधार वाच, काठमाडौं ।

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा सञ्चालन भइरहेको कार्यक्रम विस्तारित कर्जा सुविधा (ईसीएफ)को अवधि चार महिना थप गरेको छ । १ डिसेम्बर ९१५ मंसिर०मा आईएमएफ कार्यकारी बोर्ड बैठकले नेपालले ईसीएफको म्याद चार महिना थप गरी ११ मे २०२६ सम्म पुर्‍याउन गरेको अनुरोधलाई स्वीकृति प्रदान गरेको हो ।

ईसीएफको सातौं तथा अन्तिम समीक्षा सम्पन्न गर्नका लागि पर्याप्त समय पुगोस् भन्नका लागि यो कार्यक्रमको अवधि थप गरिएको आईएमएफले एक विज्ञप्तिमार्फत जनाएको छ ।

सन् २०२२ को जनवरी १२ मा आईएमएफको कार्यकारी बोर्डले ३८ महिनाको ईसीएफलाई स्वीकृति प्रदान गरेपछि यो कार्यक्रम सुरु भएको थियो ।

यो कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख एसडीआर अर्थात् ३९ करोड ५९ लाख अमेरिकी डलर (हालको विनिमयदरअनुसार करिब ५७ अर्ब रुपैयाँ) ऋण लिएको थियो । त्यो ऋणको अन्तिम किस्ता आउन बाँकी छ ।

१ मे २०२३ मा यो कार्यक्रमलाई ११ जनवरी २०२६ सम्मका लागि अवधि थप गर्ने निर्णय आईएमएफको कार्यकारी बोर्डले गरेको थियो । त्यसबेला कोभिड–१९ महामारीबाट नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेकाले त्यसको सामना गर्न सहयोग गर्नु, समष्टिगत आर्थिक र वित्तीय स्थिरता कायम राख्नु र गरिब तथा जोखिममा रहेका जनतालाई संरक्षण गर्नु कार्यक्रमका प्रमुख लक्ष्य थिए ।

यो कार्यक्रम अन्तिम अवस्थामा पुग्दा हालै आईएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासन नेतृत्वको टोलीले नेपाल भ्रमण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्