पूर्वाधार वाच, काठमाडौं ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–११, रानीचिउरास्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा शौचालय नहुँदा यहाँका विद्यार्थीले खेतबारी, जंगल र खोलामा दिसापिसाब गर्ने गरेका छन् ।
२०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएर भूकम्पले जीर्ण अवस्थामा रहेको शौचालय पूर्ण रूपमा
भत्किएपछि यहाँका विद्यार्थी दिसापिसाब गर्ने स्थानको अभावमा रहेका छन् ।
उनीहरूले विद्यालयआसपासका खेतबारी, जंगल र नजिकैको खोलामा खुला रूपमा दिसापिसाब गर्न बाध्य भएको गुनासो गरेका छन् ।
कक्षा ३ मा अध्ययरत एक विद्यार्थीले विद्यालयमा शौचालय नहुँदा खेतबारीमै दिसापिसाब गर्ने गरेको बताए । उनले विद्यालयका सबै बालबालिका कोही खोला र जंगलतिर, कोही खेतबारीतिर गएर दिसापिसाब गर्ने गरेको बताए ।
दिसापिसाब गरिसकेपछि साबुनपानीले हात धुनुको सट्टा पातपतिङ्गर प्रयोग गर्न बाध्य रहेको उनले उल्लेख गरे । विद्यालयका प्रधानाध्यापक विनिता खड्काका अनुसार करिब नौ वर्षअघि निर्माण गरिएको दुईकोठे शौचालय भूकम्पले
पूर्ण रूपमा क्षति भएको छ ।
वर्षाका कारण जीर्ण अवस्थामा रहेको शौचालय भूकम्पले भत्काएपछि बालबालिकालाई शौच गर्न समस्या भइरहेको उनले जनाए । विद्यालयमा शौचालय नहुँदा विद्यार्थीलाई मात्रै होइन, शिक्षकलाई पनि सास्ती भएको छ ।
शौचालय प्रयोग गर्न नजिकका स्थानीयको शौचालयतिर जाने गरेको विद्यालयकी प्रधानाध्यापक खड्काले बताए । भूकम्पले भत्काएलगत्तै सङ्घ संस्थाको आर्थिक सहयोगमा त्रिपालको अस्थायी शौचालय बनाइएको भए पनि उक्त शौचालय अहिले प्रयोग गर्न नमिल्ने अवस्थामा छ ।
शौचालय नहुँदा विद्यार्थी विद्यालयमा आउन नमान्ने गरेको उनको भनाइ छ । उनले पहिलाभन्दा विद्यार्थीको सङ्ख्या कम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्