images
images
images

बझाङबाट प्रतिनिधि सभा सदस्यमा नारायण हमालसहित ७ जनाको नाम सिफारिस

images

पूर्वाधार वाच, काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले नारायण हमालसहित ७ जनाको नाम सिफारिस गरेको छ ।

पार्टीका युवा नेता नारायण हमाल, अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह, सत्यराज भण्डारी, सुरेश मल्ल, जगत प्रसाद जोशी, प्रकाश स्नेही, केशव राज जोशी र दिपेन्द्र जोशीको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको हो ।

यससँगै समानुपातिक तर्फ चन्दा जोशी, शान्ति महत, मुकेश धामी, सुन्दर रसाइली र शान्ति पुजारा गरी पाँच जनाको नाम पनि छनोट गरिएको छ ।

राष्ट्रियसभा सदस्यका लागि अर्जुनजंग बहादुर सिंह र नन्दकृष्ण जोशीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले जानकारी दिएको छ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको परिपत्र अनुसार आज बुधबार बसेको जिल्ला समितिको बैठकबाट प्रस्तावित उम्मेदवारहरूको नाम छनोट गरिएको हो।

सरकारको निर्णयअनुसार प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने तय भएको छ।

बझाङ कांग्रेसले प्रतिनिधि सभा सदस्यका इच्छुक उम्मेदवारहरूबाट १० हजार, समानुपातिकतर्फ ५ हजार र राष्ट्रियसभा सदस्यका लागि ५ हजार रुपैयाँ दस्तुर शुल्कका साथ फारम बुझाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्