पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले भौतिक सम्पदास्थलहरूको संरक्षण, मर्मत तथा सम्भारका क्रममा विगतमा भएका त्रुटि सच्याउन सर्वेक्षणको काम थालनी गरेको छ । कामपा वडा नं २३ ले सर्वेक्षणको काम थालेको हो । प्राचीन सम्पदाका कुनै भाग टुटफुट भएमा त्यसलाई अड्याउन, थप बिग्रिन नदिन सिमेन्टलगायत आधुनिक निर्माण सामग्री प्रयोग भएका छन् ।
“यो काम सम्पदाको जग, पर्खाल, पेटी, गजुर, छानालगायत विभिन्न ठाउँमा भएका छन् । वडाध्यक्ष एवं कामपाको विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिए ।
महर्जनका अनुसार वडाभित्र किराँतकाल, लिच्छवीकालदेखिका भौतिक सृजनाहरू छन् । मन्दिर, चिबहाजस्ता हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित ८० वटा सम्पदा छन् । जीवित देवी श्रीकुमारीको निवास स्थान, नास द्यः, अट्को नारायण, जोर गणेश वडाका नाम चलेका सम्पदा हुन् ।
यी हरेक सम्पदासँग सम्बन्धित विशेष तथा वार्षिक पूजाआजासहितका धार्मिक र सामाजिक संस्कार सञ्चालन हुने गरेका छन् । उनले थप्दै भने, ‘पुनरुत्थानका क्रममा आधुनिक निर्माण सामग्री हटाएर परम्परागत सामग्रीबाट मर्मतसम्भार गर्छौँ ।’
“अहिले वडाले प्राविधिक र स्थानीयको सहयोगमा कुन ठाउँमा के भएको छ रु त्यसको पुनःस्थापनाका लागि कस्ता बस्तु तथा सामग्री चाहिन्छन् रु लागत अनुमान कति हुन्छ रु अध्ययन गरिरहेको छ । यसबाट प्राप्त तथ्यका आधारमा पुनरुत्थान, नियमित मर्मतसम्भार तथा संरक्षण र दिगोपनाका लागि बजेटको व्यवस्था गर्छौँ”, महर्जनले योजना सुनाए।
वडाले थालेको यो कामको प्रशंसा गर्दै स्थानीय सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले भने, ‘पुरिएर आधा संरचना भएका चिवहाःलाई वडाले वास्तविक स्वरूपमा फर्काएर घुम्ने ठाउँ, पूजाआजा गर्ने ठाउँ बनाइदिएको छ । यसले केवल भौतिक संरचनाको मौलिकपनमात्र फर्काएको छैन, धार्मिक आस्था र सामाजिक जीवनमा प्राणसमेत भरेको छ ।’
वडाबाट चल्ने सबैभन्दा ठूलो जात्रा, येँःया ९इन्द्रजात्रा० हो । यसबाहेक वडावासीले पाहाँचह्रे, सकीमिला पुन्ही, यमरी पुन्ही, चथा (गणेश चतुर्दशी), गुँला, यंलासहितका संस्कार मनाउँछन् ।
गुंला पर्वमा स्वयम्भू जाने चलन छ । वडाध्यक्ष महर्जनका अनुसार यंला महिनामा (थने) माथिल्लो टोलका स्थानीयहरू आआफ्ना पीठमा, दथु टोल (मध्य सहरका स्थानीय) ल्हुति र म्हेपिमा र कोने (तल्लो टोल)का मानिस पचली भैरव जाने चलन छ । भौतिक सम्पदाको पुनरुत्थानले सामाजिक प्रचलनका सम्बन्धहरूलाई दिगो बनाउने वडाको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्