images
images
images

सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता विकास तामाङसहितको नाम सिफारिस

images

पूर्वाधार मेलम्ची ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवा नेता विकास तामाङको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएको छ ।

क्षेत्रीय सभापति आइतमान तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले तामाङसहितका नेताहरुको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

तामाङ यसअघि क्षेत्र नम्बर २ को प्रदेशतर्फ निर्वाचन लडिसकेका नेता हुन् । हाल उनी कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

युवाहरुमाझ लोकप्रिय, शालिन स्वभावका तामाङलाई सिफारिसमा परेका नेताहरुमध्ये बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

क्षेत्रीय समितिले प्रत्यक्षतर्फ तामाङसहित १६ जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ ३ र राष्ट्रियसभाका लागि ४ जनाको नाम सिफारिस गरिएको छ ।

फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रियसभाको निर्वाचन घोषणा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्