images
images
images

अखिलका पूर्वउपाध्यक्ष विकले दिए एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

images

पूर्वाधार वाच, काठमाडौं ।

अखिलका पूर्वउपाध्यक्ष मोती विक ‘महेन्द्र’ले नेकपा एमालेकाे केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपमा जारी एमालेको एघारौं महाधिवेशनको बन्दसत्र स्थलमा युवा नेता विकले केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले उत्पीडित क्लस्टरबाट आफूलाई केन्द्रीय सदस्यको दाबेदारीसहित उम्मेदवारी दर्ता गरेको बताए । आफूले इमानदारितापूर्वक निरन्तर एमालेमा गरेको योगदानको यस पटक महाधिवेशन प्रतिनिधिहरूले मूल्यांकन गरेर केन्द्रीय सदस्यमा जिताउने उनकाे विश्वास छ ।

पछिल्लो समय राजनीतिमा युवाहरुको नेतृत्वदायी भूमिकाको माग भइरहँदा एमालेमा युवा नेताहरूलाई अघि बढाउने दबाब समेत थपिएको छ ।  उनी यसअघि एमाले निकट अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

युवा विद्यार्थीमाझ इमानदार र निष्ठावान् नेताको छवि बनाएका विकले अनेरास्ववियुको अध्यक्षमा समेत प्रतिष्पर्धा गरेका थिए । यद्यपि उनी उक्त निर्वाचनमा पराजित भए ।  विद्यार्थी कालदेखि निरन्तर एमालेको राजनीतिमा सक्रिय विक एमाले अध्यक्ष ओली निकट मानिन्थे ।

तर पछिल्लो समय निरन्तर पेलानमा परेपछि उनले हाल कित्ता परिवर्तन गरेर पूर्वराष्ट्रपति विद्या भण्डारीको कित्तामा उभिएका छन् । उनको उम्मेदवारी समेत ईश्वर पोखरेल प्यानल निकट रहेको उनी निकटस्थहरू बताउँछन् ।

अछामको साँफेबगर नगरपालिका वडा नं. १३ बाब्लाका स्थायी निवासी नेता विक मुलुकभरका विद्यार्थी, युवा र उत्पीडित समुदायका आवाजहरू बीच राजनीतिक यात्रालाई निरन्तर उचाइमा पुर्‍याउन अनवरत खटिएका पात्र हुन् ।

उनले स्ववियु सदस्य, नेपाल कमर्स क्याम्पसकाे उपसभापति, अनेरास्ववियु केन्द्रीय कमिटी स्ववियु परिचालन विभाग सचिव हुँदै केन्द्रीय उपाध्यक्ष र पार्टी प्रदेश कमिटी सदस्यका रूपमा विगतका वर्षहरूमा मैले का साथ जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी भन्छन्, ‘अहिलेसम्मको जिम्मेवारीले मलाई सिकाएको छ । परिवर्तन केवल शब्दले हुँदैन, व्यवहारले हुन्छ र म यही व्यवहारिक परिवर्तनको मार्गमा दृढतापूर्वक अघि बढ्न तयार छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्