काठमाडौं । प्रखर र निडर नेताको छाप बनाएकी पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेको ११ औं महाधिवेशनमा शानदार विजय हासिल गरेकी छन् ।
बिहीबार सम्पन्न महाधिवेशनमा उनलाई कुल २२२७ महाधिवेशन प्रतिनिधिहरूमध्ये १९११ जनाले मत दिएका हुन् । अर्थात् उनले प्राप्त गरेको यो मत कुल खसेको मतमध्ये झण्डै ८६ प्रतिशत हो ।

उनले खुला महिलातर्फबाट उम्मेदवारी दर्ता गराएकी थिइन् । ११ औं महाधिवेशनमा पार्टी नेतृत्व चयनका लागि निर्वाचन हुने निश्चित देखिएपछि दुई कित्तामा विभाजित भएर नेताहरूले प्रतिस्पर्धा गरेका थिए ।
जसमा संस्थापनबाट अध्यक्ष केपी शर्मा ओली र तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत अध्यक्षको दाबेदारीसहित चुनाव लडे ।
ओली र पोखरेल समूहबीच प्यानल नै खडा गरेर नेतृत्वको लागि प्रतिष्पर्धा चलिरहँदा नेतृ झाँक्री केपी शर्मा ओलीको प्यानलमा मात्र समेटिएकी थिइन् ।

कतिपय नेताहरूले केन्द्रीय सदस्यमा ईश्वर पोखरेल प्यानलको समेत समर्थन हासिल गरेका थिए । भने पदाधिकारीमा उम्मेदवारी दिएकाहरू समेत केन्द्रीय सदस्यका उम्मेदवार थिए ।
यद्यपि केही वर्ष फरक पार्टीमा रहेको एवं महाधिवेशनभन्दा केही समय अघि मात्रै घर फर्क अभियानमार्फत एमाले फर्किएका कारण पनि उनले प्राप्त गरेको समर्थन अभूतपूर्व रहेको आम राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।
उसो त उनले मतदानपूर्व बन्दसत्र स्थलमा महाधिवेशन प्रतिनिधिहरू एवं युवाहरूको उनीप्रतिको आकर्षणले यसको आकलन गर्न थालिएको थियो ।
अबेर रातिसम्म मतदान लम्बिएपछि लोक गायक वैकुण्ठ महतले रामकुमारी झाँक्री म्यान अफ द इलेक्सन बन्ने भन्दै गीत समेत गाउन भ्याए ।
गायक महतले उक्त गीत यत्तिकै गाएका भने थिएनन् । दिनभर मतदानस्थलमा देखिएको रामकुमारीको क्रेज देखेर उनले सो गीत गाएका थिए ।
अबेर रातिसम्म मतदान चलिरहँदा समेत झाँक्री मतदाताहरुसँगै नाचगान गरिरहेकी थिइन् ।
पार्टीभित्र खुलेर आन्तरिक लोकतन्त्रको प्रवर्द्धन भइरहेका बेला रामकुमारीसहितका केही समय अघि बिछोडिएका आफ्ना सहयोद्धाहरूसँग कम्मर मर्काउँदै मुस्कान साट्न पाउँदा महाधिवेशन स्थलमा गर्वले चिच्याइरहेको प्रमाणका रूपमा रामकुमारी झाँक्रीको शानदार जितलाई समेत दिन सकिन्छ ।

उनी यसअघि २०७८ भदौमा तत्कालीन एमाले विभाजनपश्चात् माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीको संस्थापकका रूपमा अघि बढेकी थिइन् ।
उक्त पार्टीको संस्थापक सचिव भएर काम समेत गरेकी झाँक्री शहरी विकास मन्त्री समेत भएकी थिइन् । केही समयअघि नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रमा समाहित भएपछि नेतृ झाँक्री एमालेमा फर्किएकी थिइन् ।
यता अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका हुन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरेकी थिए । प्रत्याशी पोखरेलले ५ सय ६४ मत प्राप्त गरे ।
त्यसैगरी, महासचिवमा शंकर पोखरेल एक हजार २२८ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्