images
images
images

नेपाल ह्याचरी उद्योग संघको १९औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशन सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल ह्याचरी उद्योग संघको १९औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पुस ११ गते शुक्रबार काठमाडौंमा आयोजित साधारणसभामा संघका महासचिव ज्ञान बहादुर बिसुरालद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदनमाथि विस्तृत छलफल गरिएको थियो।

साधारणसभाले ह्याचरी तथा पोल्ट्री क्षेत्रले राष्ट्रिय अर्थतन्त्र, रोजगारी र खाद्य सुरक्षामा पुर्‍याउँदै आएको योगदानको समीक्षा गर्दै आगामी दिनमा क्षेत्रलाई अझ व्यवस्थित, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकमा पोल्ट्री उद्योगले देशको कुल कृषि उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गर्दै, यस क्षेत्रले लाखौँ व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको जानकारी गराइयो।

कार्यक्रममा बोल्ने वक्ताहरूले ह्याचरी उद्योगको दिगो विकासका लागि नीति स्थिरता, अवैध आयात नियन्त्रण, बजार व्यवस्थापन, जैविक सुरक्षा (Bio-security) तथा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका थिए। भारतबाट हुने अवैध रूपमा चल्ला, कुखुरा र अण्डाको आयातले स्वदेशी उत्पादन प्रभावित भएको भन्दै यसलाई नियन्त्रण गर्न सरकारसँग प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

साधारणसभामा पोल्ट्री व्यवसायलाई व्यवस्थित गर्न आवश्यक कानुनी संरचना, अनुगमन प्रणाली सुदृढीकरण, उत्पादन लागत घटाउने उपाय, आधुनिक ह्याचरी प्रविधि र बजार सन्तुलनका विषयमा समेत छलफल भएको थियो। साथै, संघले नेपाल उद्योग वाणिज्य महासंघ, सरकारी निकाय तथा अन्य सरोकारवाला संस्थासँग समन्वय बढाउँदै उद्योगमैत्री वातावरण सिर्जना गर्न निरन्तर पहल गर्ने निर्णय गरेको छ।

सभा मार्फत संघले आगामी दिनमा स्वदेशी उत्पादन प्रवर्द्धन, अवैध आयातविरुद्ध अभियान, सदस्यहरूको क्षमता अभिवृद्धि तथा पोल्ट्री क्षेत्रको दिगो विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढ्ने स्पष्ट पारेको छ।

नेपाल ह्याचरी उद्योग संघले पोल्ट्री क्षेत्रलाई राष्ट्रिय विकासको एक महत्वपूर्ण आधारका रूपमा स्थापित गर्दै खाद्य आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ।

नेपाल ह्याचरी उद्योग संघको नयाँ कार्यसमिति गठन

नेपाल ह्याचरी उद्योग संघको नयाँ कार्यसमिति गठन गरिएको छ। संघको अध्यक्षमा राजेन्द्र लामिछाने चयन भएका छन्। बरिष्ठ उपाध्यक्षमा डा. बलराम के.सी., प्रथम उपाध्यक्षमा बलराम  सन्जेल र द्वितीय उपाध्यक्षमा ज्ञान बहादुर बिसुराल निर्वाचित भएका छन्।

यसैगरी महासचिवमा नवराज पौड्याल, कोषाध्यक्षमा पशुराम अधिकारि चयन भएका छन् भने सचिवमा विवेक भट्ट रहेका छन्।

कार्यसमिति सदस्यहरूमा नारायण गिरी, कपिल बाबु खनाल, रिजवान अहमद, मोती प्रसाद पौड्याल, बोधराज निरौला, विष्णु प्रसाद रिमाल र हरि कृष्ण खनाल रहेका छन्।

नवनिर्वाचित कार्यसमितिले ह्याचरी उद्योगको विकास र व्यवसायिक हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्