images
images
images

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना

images

काठमाडौं । खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ । विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए ।

घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्काल उद्धार गरी उनीहरूलाई थप उपचारका लागि दिउँसो १२ः४२ बजे काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।

अवतरणका क्रममा दुर्घटनामा परेको हेलिकप्टरले काठमाडौंबाट ६ जना सवार लिएर उडेको थियो । उक्त हेलिकप्टर बुधबार बिहान ११ः०९ बजे अवतरण गर्ने क्रममा असन्तुलित भई जमिनमा पल्टिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, कल साइन एन–एएफक्यु रहेको उक्त हेलिकप्टर काठमाडौंबाट ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना लिएर खोटाङको बालवेशी (खानिडाँडाबाट १७ किलोमिटर उत्तर–पूर्व)का लागि उडेको थियो ।

खोज तथा उद्धार समन्वय केन्द्रले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ। हेलिकप्टर अवतरणका क्रममा किन असन्तुलित भयो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्