images
images
images

आज काठमाडौंका कुन कुन क्षेत्रमा हुँदेछ विद्युत अवरुद्ध, यस्तो छ प्राधिकरणको सूचना

images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आज बिहान ११ देखि ३ बजेसम्म बिजुली कटौती गर्ने जनाएको हो ।

प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

प्राधिकरणले नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा बिजुली कटौती गर्ने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्