images
images
images

२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

images

महेन्द्रनगर । महाकाली सिंचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल नहरको सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सातदिने अल्टिमेटम दिइएको छ ।

मङगलबार महाकाली सिंचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले एक सूचना जारी गरी महाकाली सिँचाइको मूल नहर तथा शाखा नहरहरूको सीमाभित्र स्वीकृतिबिना स्थायी र अस्थायी घरटहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, नहर पुरेर बाटो बनाउने, नहर संरचना भत्काउने, ढल तथा पानी नहरमा मिसाउने तथा नहरको पानीलाई अवरोध पुर्याउने कार्य गरेको पाइएकाले सात दिनभित्र भत्काउन वा हटाउन आग्रह गरेको हो।

सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रमोद तिम्सिनाल तोकिएको समयमा संरचना नहटाए आवश्यक कारबाहीका साथै सो कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने बताए।

उनले सिंचाइको पहिलो र दोस्रो चरणअन्र्तगत ७५ किलोमिटर मूल नहरमध्ये करिब २० किलोमिटर नहरको दायाँ बायाँ अतिक्रमण गरिएको जानकारी दिए।

केही दिनअघि महेन्द्रनगरस्थित डिभिजन सडक कार्यालयले पनि गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको १२६ किलोमिटर महेन्द्र राजमार्गको अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्