पूर्वाधार वाच, काठमाडौं ।
निक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघमा आइतबार सम्पन्न साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष युवराज अधिकारीले गरेका थिए ।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, वित्तीय अवस्था, आगामी नीति तथा कार्यक्रम र बजेटलगायतका विषयमा छलफल गरिएको थियो । सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, सन्तुलन परीक्षण तथा नाफा–नोक्सान बाँडफाँड विवरणसमेत छलफल गरी अनुमोदन गरिएको छ ।
शेयर पूँजी १ करोड २७ लाखभन्दा बढी
संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म कुल शेयर सदस्य संख्या ३०९ जना पुगेको छ । संस्थाको शेयर पूँजी १ करोड २७ लाख २९ हजार रुपैयाँ रहेको छ भने बचत दायित्व ७ करोड ५२ लाख ९७ हजार ३६१ रुपैयाँ ६६ पैसा पुगेको छ ।
यस अवधिमा संस्थाले ६ करोड ९२ लाख २ हजार ६८४ रुपैयाँ ५२ पैसा कर्जा लगानी गरेको जनाएको छ ।
त्यस्तै, संस्थाको नगद तथा बैंक मौज्दात ३ करोड ६० लाख ५८ हजार ९२३ रुपैयाँ ५२ पैसा रहेको छ भने कुल सम्पत्ति १० करोड ३० लाख ३ हजार ८४४ रुपैयाँ ६१ पैसा पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा संस्थाले २१ लाख १० हजार ५१७ रुपैयाँ ६० पैसा खुद नाफा आर्जन गरेको जनाएको छ । संस्थाको जगेडा कोषमा ९६ लाख ४१ हजार ८६ रुपैयाँ ५ पैसा तथा सामाजिक उत्तरदायित्व कोषमा ३ लाख २१ हजार ९० रुपैयाँ २० पैसा रहेको छ ।

८ प्रतिशत लाभांश वितरणको प्रस्ताव
साधारणसभामा शेयरधनीलाई लाभांश वितरणसम्बन्धी प्रस्तावसमेत अघि सारिएको छ । आर्थिक वर्षको मुनाफाबाट शेयर लाभांश कोषमा ८ लाख २५ हजार ४७६ रुपैयाँ २० पैसा छुट्याइएको र उक्त कोषमा सञ्चित रकमबाट शेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, पूँजी फिर्ता कोषबाट ३ लाख ९५ हजार ७२२ रुपैयाँ ५ पैसा सदस्यहरूलाई वितरण गर्ने प्रस्ताव गरिएको छ ।
बाढीपीडितलाई सहयोग, विद्यार्थीलाई छात्रवृत्ति
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिशूली बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँजम्मा गरेको जनाएको छ ।
त्यसैगरी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयलाई प्रदान गर्दै आएको २० हजार रुपैयाँ यसै कार्यक्रममार्फत उपलब्ध गराउने जानकारी सभामा दिइएको थियो ।
आगामी नीति तथा कार्यक्रम पारित गर्ने तयारी
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, आगामी नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तथा निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने शेयरधनी प्रतिनिधि तोक्नेलगायतका प्रस्तावमाथि समेत छलफल गरेको छ ।
सदस्यकेन्द्रित सेवामा जोड
सभामा अध्यक्ष युवराज अधिकारीले सहकारीको वित्तीय अनुशासन, सदस्यको हित तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार गरी संस्थालाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सदस्यहरूको विश्वास र सहभागिताले संस्थाको प्रगतिमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उनले आगामी दिनमा सदस्यकेन्द्रित सेवा, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्