images
images
images

क्यारिना बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, ललितपुर ।

क्यारिना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुल्चोकस्थित सिद्धार्थ कटेज, धोबीघाटमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष, सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

सञ्चालक समितिको २६२औँ बैठकको निर्णयअनुसार आयोजना गरिएको साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट र लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसमेत पारित गरिएको छ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

खराब कर्जा व्यवस्थापनमा प्राथमिकता

साधारणसभामा संस्थाको समग्र वित्तीय अवस्था तथा आगामी रणनीतिक दिशाबारे विस्तृत समीक्षा गरिएको थियो । पछिल्ला वर्षहरूमा खराब कर्जा असुली तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिएको जानकारी सभामा गराइएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव, नयाँ कानुनी व्यवस्था तथा नियमनकारी निकायले निर्धारण गरेका मापदण्डअनुसार संस्थाको कारोबार सञ्चालन गर्दै आएको पनि जानकारी दिइएको छ ।

सदस्यको बचत सुरक्षामा जोड

संस्थाले सदस्यहरूको बचत सुरक्षालाई प्राथमिकतामा राख्दै संस्थागत सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी नीति तथा कार्यक्रममार्फत संस्थालाई थप पारदर्शी, सुरक्षित तथा दीगो रूपमा अघि बढाउने लक्ष्य राखिएको जनाइएको छ ।

सभामा संस्थाको वर्तमान अवस्था, वित्तीय व्यवस्थापन तथा आगामी कार्यदिशाबारे शेयर सदस्यहरूले समेत छलफल गरेका थिए ।

प्रतिनिधि चयन गर्दै सभा समापन

साधारणसभाको अन्त्यमा उपस्थित शेयर सदस्यहरूका तर्फबाट निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन गरिएको थियो । त्यसपछि विविध विषयमा छलफल तथा शुभकामना आदानप्रदान गर्दै १८औँ वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्