पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दशैँ, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा विशेष अफर सार्वजनिक गरेको छ । बैंकले सेवाग्राहीलाई सहज र सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित योजना ल्याएको हो ।
अफरअन्तर्गत बैंकले घर कर्जामा ५.५१ प्रतिशत ब्याजदरमा ३ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । घरजग्गा खरिद, घर निर्माण तथा घडेरी खरिदका लागि उक्त कर्जा २० वर्षसम्मको अवधिका लागि उपलब्ध हुने बैंकले जनाएको छ ।
त्यस्तै, सवारी कर्जातर्फ ४.९० प्रतिशत ब्याजदरमा १ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराइएको छ । विद्युतीय तथा अन्य सबै प्रकारका सवारी साधन खरिद गर्न चाहने ग्राहकले अधिकतम ७ वर्षसम्मको अवधिका लागि यस्तो कर्जा लिन सक्नेछन् ।
कर्जा सेवाशुल्कमा समेत छुट
चाडपर्व विशेष योजनाअन्तर्गत प्रवाह हुने कर्जाको सेवा शुल्कमा समेत उल्लेख्य छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । चाडपर्वको समयमा घर खरिद तथा निर्माण र सवारी साधन खरिद गर्ने ग्राहकको संख्या बढ्ने भएकाले उनीहरूलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको बैंकको भनाइ छ ।
बैंकका अनुसार यो चाडपर्व विशेष कर्जा योजना हाललाई २०८३ साल कार्तिक मसान्तसम्म मात्र लागू हुनेछ ।
७७ जिल्लामा बैंकिङ सेवा
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका सातै प्रदेशका ७७ जिल्लामा बैंकिङ सेवा विस्तार गरेको छ ।
बैंकले ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकका अनुसार हाल ४९ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा, एटीएम, मोबाइल बैंकिङलगायतका आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्