images
images
images

ढकारी गाउँपालिकाले दियाे सिटिजन बैंकका कर्मचारीलाई नियमविपरीत भ्रमण खर्च

images

पूर्वाधार वाच, काठमाडौं । 

अछामको ढकारी गाउँपालिकाले असम्बन्धित व्यक्तिलाई भुक्तानी दिएको भन्दै  महालेखा परीक्षककोको कैफियत देखाएका छ ।

पालिकाले यो वर्ष सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका कर्मचारी महेश शाही र दुर्गाप्रसाद भाट लाई भौचर नम्बर ३८४ तथा मिति २०७९ असार १५ बाट भ्रमण खर्च उपलब्ध गराई खर्च लेखेको देखिएको छ ।

पालिकाको आफ्नो कर्मचारी नभएका उनीहरूलाई उक्त रकम भुक्तानी गर्नुको आधार कारण यकिन नभएको भन्दै महालेखाले उनीहरूले भ्रमण खर्चबापत प्राप्त गरेको २७ हजार २५० रुपैयाँ असुल गर्नुपर्ने समेत उल्लेख गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता मितव्ययिता प्रभावकारिता कार्य दक्षता र औचित्य समेतको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ । तर अधिकांश स्थानीय तहहरूले मनलाग्दी खर्च गर्दा मितव्ययिता त देखिएको छैन नै यसबाट अनियमितता समेत वृद्धि हुँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्