images
images
images

सरकारी सम्पत्तिमाथि बान्नीगढी जयगढका पूर्वपदाधिकारीको रजाईं, मोबाइलदेखि पलङसम्म कब्जामा

images

पूर्वाधार वाच, काठमाडौं ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाका पूर्वपदाधिकारीले सरकारी सम्पत्तिमाथि रजाईं गरिरहेका भेटिएको छ ।

गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्रबहादुर खड्का र पूर्वउपाध्यक्ष लोकेन्द्रबहादुर साउदसहितले काम काजबाट अलग हुँदासमेत लाखौं मूल्य बराबरको सरकारी सम्पत्ति फिर्ता नगरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

उनीहरुलाई गाउँपालिकाले पटकपटक लिखित एवं मौखिक आग्रह गर्दा समेत अटेरी गर्दै सरकारी सम्पत्तिमाथि रजाईं गरिरहेका बताइएको छ ।

पूर्वपदाधिकारीहरुले कार्यालयको कामबाट अलग भैसक्दा समेत आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्ति बरबुझारथ नगरेकोले सम्बन्धित पदाधिकारीबाट उक्त जिन्सी सामान असुल गनुपर्ने समेत महालेखा भनेको छ ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम १०३ (१) मा कुनै सार्वजानिक पद धारण गरेको व्यक्ति आफ्नो पदबाट अलग हुदाँ आफ्नो जिम्मामा रहेको नगद जिन्सी मालसमान तथा अन्य सरकारी सम्पत्ती हालवालालाई वा हालवाला नभए कार्यालय प्रमुखले तोकेको कर्मचारीलाई बरबुझारथ गर्नुपर्ने व्यवस्था छ ।

कुन पूर्वपदाधिकारीले के के सामान हडपे ?

पूर्वअध्यक्ष राजेन्द्र बहादुर खड्काले  मोबाइल सेट-२, टि टेबल- १, सोफोसेट-१, स्टिल दराज-१, हिटर रुम-१, काठको स्टुल-१, ह्याङ्गर बेदको-१, सोफोसेट-१, पलङ-१, टेबल बुस-१, बुक र्याक-१, प्रिन्टर एलबीपी २९०० एक थान, मिक्सचर-१, आइरन-१, ब्रदर डीसीपी २५४० एक थान र कम्प्युटर कुर्सी एक थान कब्जा गरेका छन् ।

यता उपाध्यक्ष लोकेन्द्र बहादुर साउदले मोबाइल दुई थान, सोफा सेट-१, स्टिल दराज-१, टेबुल बुस-१, टी टेबल-१, हिटर रुम-१, स्टल काठको-१, ह्याङ्गर बेदको-१, टिभी सामसङ जे७ -१, मोबाइल सामसङ जे७-१, सोफासेट मध्यम-१, पलङ-१, बुक र्याक-१, प्रिन्टर एलबीपवी २९०० एक थान गरी लाखौं मूल्य पर्ने सरकारी जिन्सी सामग्री नियमविपरीत कब्जा गरेका छन् ।

यस्तै पूवै कार्यपालिका सदस्यदेखि वडा अध्यक्षहरुले समेत सरकारी सम्पत्ति कब्जा गरेका छन् । उनीहरुले पनि लाखौंका समाग्री फिर्ता गर्न टेरपुच्छर नलगाएको महालेखमा परीक्षकको कार्यालय बताउँछ ।

हेर्नुहोस् सूचीसहित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्