पूर्वाधार वाच, काठमाडौं।
वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघमा शनिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन तथा संस्थाका विभिन्न प्रस्तावमाथि छलफल गर्नुका साथै नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको हो ।
साधारणसभाबाट नयाँ सञ्चालक समिति मतदानबिनै निर्विरोध रूपमा चयन भएको छ । निर्वाचन उप–समितिले प्रकाशित गरेको उम्मेदवार नामावलीअनुसार सञ्चालक समितिमा ९ जना र लेखा सुपरिवेक्षण समितिमा ३ जना उम्मेदवार रहेका थिए । सोहीअनुसार नयाँ समिति चयन गरिएको हो ।
मुकुन्द राज खनाल अध्यक्षमा चयन
साधारणसभाबाट मुकुन्द राज खनाल अध्यक्षमा चयन भएका छन् । त्यस्तै शान्ता गौतम उपाध्यक्ष, राजेन्द्र लुइटेल सचिव र संजय धितालकोषाध्यक्षमा चयन भएका छन् ।
सञ्चालक सदस्यमा मनोहरि तिवारी, सुरेश धिमाल, हरि चन्द्र फुयाल, प्रतिमा अर्याल र शशि देवी भट्ट चयन भएका छन् ।
त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा विमल भेटवाल तथा सदस्यमा भुवनेश्वरी खतिवडा र किशोर धिमिरे चयन भएका छन् ।
वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन प्रस्तुत
कार्यक्रमको सुरुवात आसन ग्रहण तथा अतिथि स्वागतबाट गरिएको थियो । कार्यक्रममा अध्यक्ष एवं सभापति मुकुन्द राज खनाल, प्रमुख अतिथि वचन साकोसका शेयर सदस्य एवं नेपाल सरकारका पूर्वसचिव डा. खगेन्द्र प्रसाद सुवेदी, विशेष अतिथि व्यवस्थापन विज्ञ तथा सल्लाहकार सदस्य प्रा.डा.अरहन स्थापित, प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यात, उपाध्यक्ष एवं सल्लाहकार समिति संयोजक डा. लक्ष्मण शाक्यलगायतको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशेष अतिथिबाट पानसमा दीप प्रज्वलन तथा राष्ट्रिय गानबाट गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यातले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि वार्षिक प्रतिवेदन पुस्तिका विमोचन गरिएको थियो ।
अध्यक्ष खनालले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव मनोहरि तिवारीले सचिवको प्रतिवेदन तथा १७औँ वार्षिक साधारणसभाका प्रस्तावहरू प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुरेश धिमालले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
लेखा सुपरिवेक्षण समितिका संयोजक विमल भेटवालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले प्रस्तुत प्रतिवेदन तथा साधारणसभाका प्रस्तावहरूमाथि छलफल गरेको थियो ।
उद्यमशीलताको विकासबारे प्रा.डा. स्थापितको प्रस्तुति
साधारणसभामा वचन साकोसका सल्लाहकार सदस्य तथा व्यवस्थापन विज्ञ प्रा.डा.अरहन स्थापितले मुख्य प्रस्तुति दिएका थिए ।
उनले ‘वचनबाट उद्यमतिर : सहकारी आन्दोलनमार्फत उद्यमशीलताको विकास’ विषयमा प्रस्तुति दिएका थिए । सहकारी क्षेत्रमार्फत सदस्यको उद्यमशीलता विकास गर्ने विषयलाई प्रस्तुतिमा केन्द्रमा राखिएको थियो ।
वित्तीय स्थायित्व र सदस्य विश्वासबारे प्यानल छलफल
साधारणसभाको अर्को महत्वपूर्ण कार्यक्रमका रूपमा ‘वचन साकोसको वर्तमान अवस्था र भावी दिशा : वित्तीय स्थायित्व, सुशासन र सदस्य विश्वास’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो ।
प्यानलमा अध्यक्ष मुकुन्द राज खनाल, सचिव मनोहरी तिवारी, लेखा सुपरिवेक्षण समिति संयोजक विमल भेटवाल, प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यात र शेयर सदस्य दिपिका बस्न्यात सहभागी थिए । प्यानल छलफलको सहजीकरण शान्ति दिप रेग्मीले गरेका थिए ।
छलफलमा संस्थाको वर्तमान अवस्था, आगामी दिशा, वित्तीय स्थायित्व, सुशासन तथा सदस्यको विश्वाससँग सम्बन्धित विषयमा विचार आदानप्रदान गरिएको थियो ।
ज्येष्ठ सदस्यलाई सम्मान
साधारणसभाको अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा श्रीमती मन बस्न्यात, सीता राम आचार्य, सीता राम घिमिरे, खड्गमर्दन बस्न्यात र रमा ढकाल रहेका छन् । कार्यक्रम तालिकाअनुसार ज्येष्ठ सदस्य सम्मान संस्था स्थापना दिवसको अवसरमा वितरण गरिने छ ।

उत्कृष्ट बचतकर्तालाई सम्मान तथा पुरस्कार
संस्थाले उत्कृष्ट बचतकर्तालाई पनि विभिन्न बचत योजनाअन्तर्गत सम्मान गरिने छ ।
नियमित बचततर्फ अञ्जु चन्द शाह, दुर्गा जोशी पाण्डे र मुक्तिनाथ गुरागाईं सम्मानित भएका छन् । आवधिक बचततर्फ भीम देवी गजुरेललाई सम्मान गरिने छ ।
त्यस्तै, वचन व्यवसाय समृद्धि बचततर्फ राम राजा बस्नेत, सुपर स्पेशल बचततर्फ कृष्ण प्रसाद डंगोल, खुत्रुके नियमित बचततर्फ दिपिका बस्न्यात (अभिदिप केसी) र प्रजय पौडेल (आरोग्य पौडेल) तथा नियमित बचततर्फ **विजय कुमार बस्न्यात (शिवान्स देवान)**लाई सम्मान गरिने छ ।
उत्कृष्ट ऋणी सदस्य पनि सम्मानित
साधारणसभामा उत्कृष्ट ऋणी सदस्यहरूलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा तारा कुमारी श्रेष्ठ, शोभा तामाङ, वीर बहादुर बाइबा, अर्जुन प्रसाद अर्याल, मिनु पाठक, सानु कान्छा तामाङ, भीम बहादुर अधिकारी, पुष्कर खड्का, भीम राज थिङ र दिपा जोशी रहेका छन् ।
उत्कृष्ट लघुवित्त समूहलाई सम्मान
संस्थाले उत्कृष्ट लघुवित्त समूहअन्तर्गत संकल्प समृद्धि लघुवित्त समूह र क्षेत्रपाटी गणेश मन्दिर लघुवित्त समूहलाई पनि सम्मान गरिने छ ।
विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम
साधारणसभामा औपचारिक कार्यक्रमसँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो । उपाध्यक्ष तथा सल्लाहकार समिति संयोजक डा. लक्ष्मण शाक्यले मन्तव्य राखेका थिए ।
त्यस्तै, शेयर सदस्य तथा वरिष्ठ गायक लेख बहादुर गुरुङले गायन प्रस्तुति दिएका थिए । शेयर सदस्य उत्तम अर्याल लगायतले हास्य व्यंग्य कार्यक्रम प्रस्तुत गरेका थिए । शेयर सदस्यहरूका लागि १७औँ वार्षिक साधारणसभाको अवसरमा भाग्यशाली नगद पुरस्कार छनोट कार्यक्रमसमेत राखिएको थियो ।
सहकारी क्षेत्रका प्रतिनिधिबाट शुभकामना
कार्यक्रममा वचन साकोसका शेयर सदस्य एवं ग्लोबल पिस फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत राम रोहन पन्तले मन्तव्य राखेका थिए । प्रमुख अतिथि डा. खगेन्द्र प्रसाद सुवेदीले शुभकामना मन्तव्य दिएका थिए ।
त्यस्तै, सञ्चालक समिति सदस्य तथा ऋण उप–समिति संयोजक शान्ता गौतमले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रम सभापति एवं अध्यक्ष मुकुन्द राज खनालले साधारणसभा समापन गरेका थिए ।
बन्द सत्रमा निर्वाचनदेखि प्रतिवेदन पारितसम्म
साधारणसभाको बन्द सत्रमा साधारणसभा माइन्युटमा हस्ताक्षर गर्ने प्रतिनिधि छनोट, वार्षिक प्रतिवेदनमा प्रकाशित प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने र निर्वाचन कार्यक्रम सम्पन्न गर्ने कार्यसूची रहेको थियो ।
निर्वाचन उप–समितिमार्फत निर्वाचन प्रक्रिया सम्पन्न गरी नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयन गरिएको हो । नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत राखिएको थियो ।
साधारणसभामा संस्थाको आगामी कार्यदिशा, सदस्यको हित, वित्तीय स्थायित्व, सुशासन, उद्यमशीलता प्रवर्द्धन तथा सहकारी संस्थाप्रतिको सदस्य विश्वासलाई थप सुदृढ गर्ने विषयमा समेत जोड दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्