पूर्वाधार वाच, काठमाडौं।
जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंको बसुन्धरास्थित दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेस प्रालिमा सम्पन्न भएको छ ।
संस्थाको सञ्चालक समितिको निर्णयअनुसार आयोजित साधारणसभामा अध्यक्षले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै लेखा सुपरिवेक्षण समिति, कोषाध्यक्ष तथा लेखापरीक्षकको प्रतिवेदनसमेत छलफल गरी अनुमोदन गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित वार्षिक बजेट पारित गर्ने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावमा निर्णय गरिएको छ । सभाले आगामी कार्यकालका लागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयन गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश वितरणसम्बन्धी निर्णयसमेत गरेको जनाइएको छ ।
रामु सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति
साधारणसभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा रामु सुवेदी, उपाध्यक्षमा पूर्णबहादुर जीसी, सचिवमा होमनाथ आचार्य र कोषाध्यक्षमा यामबहादुर सुर्खाली चयन भएका छन् ।
सभामा संस्थाको हालसम्मको प्रगति, आगामी कार्ययोजना तथा सदस्यको हितमा सञ्चालन गरिने विभिन्न गतिविधिबारे समेत छलफल भएको थियो ।
संस्थाले साधारणसभामार्फत शेयरधनी, कर्मचारी तथा सम्बन्धित सबै पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्