images
images
images

देउवा र ओलीसहितका शीर्ष नेता शीतल निवासमा

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दै कांग्रेस र एमालेका शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शितल निवास पुगेका हुन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर तयारी अवस्थामा बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्