पूर्वाधार वाच, काठमाडौं ।
अछामको मंगलसेन नगरपालिकाले निर्माण गरेको वृत्तचित्रमा गोलमाल भएको भेटिएको छ । नगरपालिकाले वृत्तचित्र निर्माणका क्रममा ड्रोनबाट फुटेज खिचिएको भन्दै प्रत्येक दिन १२ हजार रुपैयाँका दरले कूल पाँच दिनको ६० हजार रुपैयाँ भुक्तानी गरेको थियो ।
उक्त रकम भुक्तानी भएकोमा वृत्तचित्र हेर्दा ड्रोनद्वारा ५ दिनसम्म खिचिएको नदेखिएकोले सो बापतको रकम असुल हुनुपर्ने महालेखा परीक्षकको कार्यालयले भनेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ को उपनियम (५) सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने बिल, भरपाई, प्रमाण तथा कागजात संलग्न हुनुपर्ने व्यवस्था छ।
यस्तै भिडिओ डकुमेन्ट्री निर्माण गर्दा स्थानीय तहको प्रवर्द्धनमा केन्द्रीत हुनुपर्नेमा नगरपालिकाले उक्त वृत्त चित्र सार्वजनिक समेत गरेको देखिँदैन ।
यद्यपि युट्युबमा त्रिनेत्र मल्टिमिडिया नामक कम्पनीले निर्माण गरेको मंगलसेन नगर चिनारी २०७९ शीर्षकको भिडिओ सामग्री भेट्न सकिन्छ । कूल ३१ मिनेट ५७ सेकेण्डको सो भिडिओ सामग्री नगरपालिकाको लगानीमा निर्मित भएको देखिन्छ ।
तर यही भिडिओ सामग्रीबापत भुक्तानी भएको रकमबाट रकम असुल्नुपर्ने हो वा अन्य कुनै वृत्त चित्र हो भन्ने महालेखाले स्पष्ट खुलाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्