images
images
images

निर्माण व्यवसायीलाई चाँडै भुक्तानी दिन्छौं : भौतिक मन्त्री दाहाल

images

पूर्वाधार वाच, काठमाडौं।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी चाँडै दिइने बताएका छन् । मन्त्री दाहालले निर्माण व्यवसायीले भुक्तानी नपाउने अवस्था हुन नहुने बताए ।

उनले काम सकेर बिल फर्छ्यौट गरिसकेकाहरूले भुक्तानी पाउनुपर्ने बताए । भौतिक पूर्वाधार मन्त्रालयले भुक्तानी दिनुपर्नेहरूको विवरण संकलन गरिरहेको भन्दै विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिपोर्ट गरी भुक्तानी दिइने मन्त्री दाहालले बताए ।

‘निर्माण व्यवसायीहरूको भुक्तानीको अवस्था भनेको हाम्रो मन्त्रालयमै बढी छ । दिनुपर्ने मध्ये ६० प्रतिशत हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । त्यसकारण यसलाई हामीले गम्भीर ढंगले लिएका छौँ । काम गर्ने तर भुक्तानी नपाउने यो हुनुहुँदैन । काम नगर्नेका लागि त्यही किसिमको ट्रिटमेन्ट हुनुपर्‍यो । काम गर्नेहरूले, सबै बिल फर्छ्यौट गरिसकेकाहरूले भुक्तानी पाउनुपर्‍यो, ’दाहालले भने, ‘अहिले विवरण लिँदैछौँ । विवरण प्राप्त भइसकेपछि हामी अर्थ मन्त्रालयमा रिपोर्ट गर्छौँ । प्रधानमन्त्रीलाई पनि रिपोर्ट गर्छौँ । त्यसपछि वास्तविक भुक्तानी दिनुपर्ने कति रहेछ रु पहिलो चरणमा कति दिनुपर्ने रहेछ भन्ने पत्ता लगाइसकेपछि उहाँहरूको हामी भुक्तानी दिन्छौँ ।’

मन्त्रालय मातहतका कार्यालयहरूबाट छिट्टै रिपोर्ट आउने र निर्माण व्यवसायीले भुक्तानी पाउने मन्त्री दाहालले बताए ।

अघिल्लो सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई वर्तमान सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने पनि मन्त्री दाहालको भनाइ थियो । एमाले सरकारमा रहेको बेला नै बजेट ल्याइएको भएकाले कार्यान्वयनमा जाँदा धेरै हेरफेर नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्