दिपेश रोक्का, काठमाडौं ।
साउन ३२ बाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलाकी’को सोमबार बानेश्वरमा कार्यक्रम गरि ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र बुलाकीको ट्रेलर हेर्दा सुरक्षा पन्तलाई गाउँले परिवेशमा हुम्लिएको देख्न सकिन्छ ।
कर्णाली प्रदेशको मुख्य विषय बस्तु तथा कथालाई चलचित्रमा देख्न सकिन्छ । कर्णाली प्रदेशको समस्या , प्रथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । चलचित्रलाई टोपेन्द्र विष्ट निर्माता रहेका छन् । शिवराज पौडेल कार्यकारी निर्माता रहेका छन् ।
चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट,सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी,सुशील पोखरेल लगायत कलाकारहरू को अभिनय रहेको छ । बाबुल गिरी, बादल थापाकाे सङ्गीत रहेको छ ।
छ्त्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा चलचित्र निर्माण गरिएको हो। कार्यक्रमको प्रमुख अतिथि पूर्व रक्षा मन्त्री पूर्ण बहादुर खड्का रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्