पूर्वाधार वाच, विराटनगर ।
मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा अहिले दुई वटा डुङ्गा ‘नाउ’ सञ्चालनमा आएका छन् । ११ वर्षअघि निर्माण सम्पन्न भएको पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गाको प्रयोग गर्न थालिएको हो ।
वर्खायाम सुरु हुनासाथ हुलाकी राजमार्ग हुदै झापा जाने र आउने यात्रुले सास्ती व्यहोर्नु पर्छ । यो पुल आकाशको फल आँखा तरेर मर भनेजस्तै भएको छ । खोलामा पुल छ तर प्रयोग गर्न सम्भवै छैन ।
मोरङको रतुवामाई, सुनवर्षी, रंगेली क्षेत्रका मानिस भद्रपुर जानुपरे भारतको बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता छ ।
भारतीय बाटोबाट जाँदा ३० किलोमिटर यात्रा गर्नुपर्छ, जसका लागि करिब १ घण्टा लाग्छ । हाल खोलामा डुङ्गा चल्न थालेपछि मोटरसाइकलको ७० रुपैयाँ र साइकलको ३० रुपैयाँ लिने गरिएको स्थानीयले बताए । हाल दैनिक ३ सय देखि ५ सय जनासम्म दैनिक डुङ्गाको प्रयोग गरेर आवत जावत गर्ने गरेका छन् ।
हुलाकी राजमार्ग प्रयोग गर्नेलाई सहज होस भनेर २०६५ सालमा शिलान्यास गरिएको सो पुल २०७२ सालमा निर्माण सम्पन्न भएको हो तर बाढीका कारण पुलको दुवै साइड बगाएको छ र पुल खोलाको बिचमा रहेको छ ।
उक्त पुल १० करोड ४१ लाख ९४ हजार ९२८ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । पुल प्रयोगमा नआएपछि राज्यको करोडौँ रकम बालुवामा पानी भएको छ ।
निर्वाचनका बेला रतुवा खोलाको पाता फर्काउँछु भनेर भाषण गर्ने नेताहरू जनताको सास्तीमा देखै नपरेको पीडितहरूको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्