पूर्वाधार वाच, काठमाडौं ।
पिउने पानीको बोटलमा कीरा भेटिएपछि किम्ची फास्टफुडलाई काठमाडौं महानगरले २ लाख रुपैयाँ जरिवाना गराएको छ ।
सिल गरिएको प्रशोधित पानीको बोटलबाट गिलासमा खन्याएर पिउन थालेपछि वडा काठमाडौं महनगरको वडा नम्बर ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्बलाएको देखेकी थिइन् ।
पिउने पानीको बोटलमा नै किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट सञ्चालकलाई राखेर बोटल सिल गरेको थियो ।
किम्ची फास्टफुड एण्ड तन्दुरी रेष्टुरेन्ट लेखिएको पानीको बोटलमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाका कर्मचारीले उक्त बोटल सिल गरेका थिए ।
मिनरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपन्छी विभागमा पठाएको थियो । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने किम्चीमाथि किम्चीमाथि महानगरले दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्