images
images
images

धादिङको मलेखुमा सुख्खा पहिरो : सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

images

पूर्वाधार वाच, काठमाडौं ।

पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

सोमबार साँझ साढे ७ बजे गएको पहिरो पन्छाउन सुरक्षा निकाय खटिरहेको भएपनि रातिनै पन्छ्याउन नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ ।

साथै प्रहरीले सम्पूर्ण सवारी चालकहरुले आ-आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्