images
images
images

इन्धनको मूल्य वृद्धिपछि जर्मनीमा विद्युतीय सवारीको मागमा उछाल

images

काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन ९ईभी० खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जर्मनीको सबैभन्दा ठूलो अनलाइन कार ट्रेडिङ प्लेटफर्म मोबाइल डट डिईले हालै सार्वजनिक गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।

पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य बढेसँगै युरोपेली मुलुकहरूमा सवारी इन्धनको लागत महँगो भएको छ ।जर्मन ए शोसिएशन अफ द अटोमोटिभ इन्डस्ट्रीका अनुसार, फेब्रुअरी २८ मा इरानमाथि भएको सैन्य आक्रमणपछि जर्मनीमा पेट्रोलको मूल्य झण्डै २० प्रतिशत र डिजेलको मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वेक्षण अनुसार, यदि इन्धनको मूल्य हालकै उच्च बिन्दुमा रहिरहे ४३ प्रतिशत उत्तरदाताहरूले आफूहरू विद्युतीय सवारीमा ‘स्विच’ हुने बताएका छन् । तीमध्ये ३६ प्रतिशतले विद्युतीय गाडी रोज्नुको मुख्य कारण दीर्घकालीन रूपमा हुने खर्चको बचतलाई मानेका छन् । तथ्याङ्क अनुसार, मार्च महिनाको पहिलो दुई हप्तामा मात्रै पुराना विद्युतीय गाडीका बारेमा हुने सोधपुछ ६६ प्रतिशतले बढेको छ ।

‘विद्युतीय कारप्रति उपभोक्ताको चासो निकै बढेको छ,’ मोबाइल डी का सीईओ अजय भाटियाले भने,‘जर्मनीको ऊर्जा रूपान्तरण अभियानले जुन गति दिन सकेको थिएन, वर्तमान भू–राजनीतिक परिस्थितिले विद्युतीय गाडीको प्रयोगमा त्यो क्रान्ति ल्याइदिएको छ ।’

इन्धनको मूल्य वृद्धिका साथै सरकारले दिने अनुदान पनि उपभोक्ताहरूलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने अर्को प्रमुख कडी बनेको छ । जर्मन सरकारले यसै वर्षको जनवरीदेखि अनुदान कार्यक्रम पुनः सुरु गर्दै आगामी केही वर्षमा आठ लाख विद्युतीय सवारीका लागि तीन अर्ब यूरो लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

इन्धनको मूल्य र सरकारी सहुलियतका कारण विद्युतीय सवारीमा देखिएको यो आकर्षण दीर्घकालीन बजार प्रवृत्ति बन्नेछ वा छैन भन्ने कुरा भने हेर्न बाँकी नै छ । यद्यपि, विज्ञहरूले वर्तमान स्थितिलाई विद्युतीय सवारीको प्रयोग बढाउने एउटा बलियो अबसरको रूपमा लिएका छन् । सीसीटीभी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्