पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिएका हुन् ।
अख्तियारमा उनले दिएको उजुरीमा विवादास्पद व्यापारी मीन बहादुर गुरुङमाथि विभिन्न मुद्दा मामिलाहरू राज्यका निकाय एवम् अदालतमा रहेको र निजलाई जेलसमेत हाल्न पर्ने जरिवाना रकम समेत असुल गर्नुपर्ने देखिएको र निज सो जेल सजाय एवम् जरिवाना रकम तिर्नबाट बच्नको लागि घुस वा कमिसन बापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा लिएको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘व्यवसायी मीनबहादुर गुरुङले आफ्नो मुद्दा, अवरोधबाट बच्न प्रधानमन्त्रीसँग अनुनय विनय गरेको र त्यसरी मुद्दा मामिलाबाट जोगाइदिएदेखि जस्तोसुकै सहयोग गर्ने जेण्टल एग्रिमेण्ट समेत गरेको कारण मात्र सो मुद्दा मामिलाबाट बचाउने प्रतिबद्धता सहित सो बापत प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले घुस वा कमिसन बापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा विवादास्पद व्यापारी मीन बहादुर गुरुङलाई दिएबाट प्रधानमन्त्रीले स्पष्ट घुस लिएको देखिन्छ । अतः यसरी घुस लिने दिने उल्लेखित व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने देखिन्छ । अतः निजहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित)को परिच्छेद (२) को भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्थाको दफा (३) बमोजिम आठ वर्षदेखि १० वर्षसम्म कैद गर्न माग गर्दछु । साथै सोही ऐनको दफा (५), दफा (६) बमोजिम समेत कारबाही गर्न माग गर्दछु । आवश्यक प्रमाणहरू यसै निवेदनका साथ संलग्न गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्