पूर्वाधार वाच, काठमाडौं ।
पाटन उच्च अदालतले मारवाडी सेवा समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
उच्चका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
समितिले पशुपति क्षेत्र विकास समिति र काडमाडौं महानगरपालिकासहित ११ वटा निकायविरुद्ध उच्चमा रिट दायर गरेको थियो ।
समितिले धर्मशालाबाट गैरकानुनी रूपमा निकाल्न खोजिएको दाबी रिट निवेदनमा गरेको छ । उच्चले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलका लागिसमेत बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्