पूर्वाधार वाच, भक्तपुर ।
विश्वविद्यालय अनुदान आयोगको ३३औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ २०८३ मंसिर ७ गते सानोठिमी, भक्तपुरमा सम्पन्न भएको छ।
आयोगका अध्यक्षको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथिलगायत आयोगका पूर्व अध्यक्ष, विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रार, शिक्षा मन्त्रालयका सचिव, आयोगका पूर्व सचिव, वर्तमान सदस्य तथा आयोगका सचिवलगायतको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। औपचारिक समारोह राष्ट्रिय गान तथा आयोगका अध्यक्ष र प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो। आयोगका सचिव प्रा. डा. रोजी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा आयोगका कर्मचारीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।
समारोहमा आयोगका निर्देशक केदार प्रसाद आचार्यले आयोगको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा आयोगको वार्षिक प्रतिवेदन तथा गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।
कार्यक्रममा आयोगका पूर्व पदाधिकारीहरूलाई सम्मान गरिएको थियो भने आयोगमा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।
वार्षिकोत्सव समारोहमा आयोगका पूर्व सचिव, शिक्षा मन्त्रालयका सचिव, विभिन्न विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रार, राष्ट्रिय योजना आयोगका सदस्य र आयोगका पूर्व अध्यक्षहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले उच्च शिक्षा क्षेत्रको विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा विश्वविद्यालयहरूको संस्थागत क्षमता विकासमा आयोगको भूमिकाको चर्चा गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा समारोहका अध्यक्षले धन्यवाद ज्ञापन गर्नुभएपछि औपचारिक कार्यक्रम समापन भएको थियो। सहभागीहरूका लागि जलपानको व्यवस्था गरिएको थियो।
नेपालको उच्च शिक्षा क्षेत्रको विकास, गुणस्तर सुनिश्चितता, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विश्वविद्यालय अनुदान आयोगको ३३औँ वार्षिकोत्सवले संस्थागत उपलब्धिको समीक्षा तथा आगामी कार्यदिशाबारे छलफल गर्ने अवसर प्रदान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्