पूर्वाधार वाच, काठमाडौं ।
अछामको विनायक पञ्चदेवल नगरपालिकाकी मेयर अम्बिका चलाउनेले आफन्तलाई ओसार्न सरकारी सवारीको दुरुपयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
मेयर चलाउनेकी आफन्त एवं स्थानीय सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका निर्मला रावल धामीको आवतजावतका लागि दैनिक रूपमा सरकारी मोटरसाइकलको दुरुपयोग भइरहेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले उक्त सवारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
शिक्षिका धामी नगरपालिकाकी मेयर अम्बिका चलाउनेकी बुहारी हुन् । सोमबार भे १ ब १८१२ नम्बरको मोटरसाइकलको चाबी खोसेर स्थानीय राज देवकोटालगायतको समूहले इलाका प्रहरी कार्यालय विनायकमा बुझाएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाको मोटरसाइकल नगरपालिकाका कार्यालय सहयोगी पारस केसी र जिम्मेवारी नखुलेका दीपेन्द्र धामीले सरकारी मोटरसाइकल दुरुपयोग गरिहरेका स्थानीयको आरोप छ ।
नगरपालिकाका ९ वटा वडाका सुत्केरी, गर्भवती तथा अन्य गम्भीर बिरामीहरू सहज यातायात सुविधा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहँदा सरकारी सवारी दुरुपयोग गरी मेयरका आफन्त ओसार्ने कार्य भइरहेको भन्दै स्थानीय आक्रोशित देखिएका हुन् ।
यातायात सुविधाको अभावमा उक्त स्थानीय तहका कयौँ गर्भवतीले हिँडेर स्वास्थ्य चौकी जाँदा बाटोमै बच्चा जन्माउने गरेका समेत स्थानीय बताउँछन् ।
भिडिओ…
यो पनि…
चौरपाटीकी उपाध्यक्ष खड्काले लिइन् नियमपिवरीत दोहोरो इन्धन सुविधा, १ लाख ८ हजार बढी भुक्तानी
सरकारी सम्पत्तिमाथि बान्नीगढी जयगढका पूर्वपदाधिकारीको रजाईं, मोबाइलदेखि पलङसम्म कब्जामा
साँफेबगर नगरपालिकाको मिडिया खर्च साढे ५७ लाख, सम्झौता र प्रकाशन/प्रसारणको प्रमाण बिनै बिल भुक्तानी
ढकारी गाउँपालिकाले दियाे सिटिजन बैंकका कर्मचारीलाई नियमविपरीत भ्रमण खर्च
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्