images
images
images

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा

images

पूर्वाधार वाच, तनहुँ ।

जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गर्न लागिएको हो ।

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पु-याउन बीमा प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए । उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित रु चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।’

वार्षिक शुल्कबापत जनही रु सात सयका दरले बीमा रकम तिरेपछि रु एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा पाउन सकिने व्यवस्था छ । ‘क’ वर्ग र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता पाउँदै आएका छन् । ‘ग’ र ‘घ’ वर्गकाले कुनै सुविधा पाउन सकेका छैनन् ।

घिरिङले केही दिनअघि दश जना ‘ग’ र ‘घ’ वर्गका अपाङ्गतालाई बीउ पुँजीको रुपमा बोयर उन्नत जातका बाख्रा वितरण गरेको थियो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरुप बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्