images
images
images

नबिल बैंक एकैसाथ चार वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

images

पूर्वाधार वाच, काठमाडौं ।

नबिल बैंक एकैसाथ चार वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले यो उपलब्धिलाई वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेकाले सम्मानित हुन सफल भएको बताएको छ।

बैंकले नेसनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड ‘एनबिपिए’ २०२३, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था ‘आईक्यान’बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड ‘गोल्ड’, बेलायती ग्लोबल ब्रान्ड म्यागजिनबाट वेस्ट कमर्सियल बैंकिङ ब्रान्ड अवार्ड नेपाल २०२४ प्राप्त गरेको छ।

यस्तै, बैंकले नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी ‘सिएसआर’, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४ प्राप्त गरेको हो।

नेपालको वेस्ट बैंक फर एसएमइज्, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४ बाट बैंक सम्मानित भएको छ।

बैंकको ४० वर्षे यात्रामा धेरै उपलब्धि हासिल गर्न सफलता मिलेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्